काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधीन संविधान संशोधन वद्येयकको पक्षमा रहेको बताएका छन् । तर, तत्काल सरकारमा नजाने बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले प्रस्तावको विपक्षमा नभएको बताउदै आफ्नो पार्टीले प्रस्ताव पारित गराउनको लागि पक्षमा नै मतदान गर्ने बताए। यद्यपि प्रस्ताव अधुरो रहेकोले यसलाई परिमार्जनसहित पारित गराउनुपर्ने बताए ।
अहिलेको संशोधन विद्येयकले सबै समस्याको समाधान नगरेपनि संविधान संशोधनको ट्रयाक खोल्ने उनले बताए । संशोधन विद्येयकलाई अझै परिमार्जन गरेर पारित गराउँदा मुलुकले निकास पाउने उनको भनाइ छ । संघीय फोरमका अध्यक्ष यादवले अहिले आफ्नो पार्टी सरकारमा नजानेस्पष्ट पारे । उनले सरकारमाजाने आवश्यकत्ता परेका दिन सरकारमा जाने तर अहिले यसबारेमा नसोचेका बताए । उनले राजपाले चुनावको विरोध गर्नु गलत भएको बताए ।
प्रतिक्रिया