बिराटनगर । बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुली नजिक पुगेका छन् । अब एमाले र संघीय समाजवादी फोरम दोस्रो स्थानका लागि प्रतिस्पर्धामा देखिएका छन् ।
कांग्रेसका उम्मेदवार भीमले झण्डै ५ हजारको अग्रता लिएका छन् । अब वडा नम्बर १०, ११ र १२ को जम्मा १६ हजार ९१३ मत गणना गर्न बाँकी छ । यसमा पनि १२ नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगिसकेको छ भने १० र ११ को सुरुवात छ ।
पछिल्लो अपडेट अनुसार कांग्रेसका मेयरका उम्मेदवार पराजुलीले १९ हजार १५१ मत पाएका छन् भने फोरम लोकतान्त्रिकसँग गठवन्धन गरेको एमालेका उम्मेदवार विनोद ढकालले १३ हजार ८३५ र माओवादी केन्द्रसँग तालमेल गरेका संघीय समाजवादी फोरमका उमेश यादवले १२ हजार ६७७४१७ मत पाएका छन् ।
यस्तै उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीको जित पक्का भएको छ । उनले ८ हजार बढी मतको अग्रता लिइसकेकी छन् । पछिल्लो अपडेट अनुसार कार्कीले १६ हजार ६७० मत पाएकी छन् भने दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी नमिता न्यौपानेले १० हजार ३३ मत पाएकी छन् । यस्तै तेस्रो स्थानमा रहेकी फोरम लोकतान्त्रिककी सूची चौधरीले ८५७० मत पाएकी छन् ।
प्रतिक्रिया