देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधनमा सहमति जुटाउन राप्रपासँग सत्तारुढ दलको छलफल

देशान्तर

काठमाडौं । संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाका नेताहरुलाई बोलाएर देउवाले छलफल गरेका छन् ।

 

छलफलमा कांग्रेस र माओवादीले संविधान संशोधनको औचित्यबारे बोल्दै राप्रपाको धारणा मागेका थिए । जवाफमा राप्रपाका नेताहरुले संविधान संशोधन प्रस्तावप्रति आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

 

बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति शमसेर राणालगायत नेता सहभागी थिए ।