देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेसबुकमा जिआइएफ पिक्चर राख्न मिल्ने

देशान्तर

काठमाण्डौँ । फेसबुकमा नयाँ फिचर थप भएको छ । अब फेसबुकमा कमेन्ट गर्दा जिआइएफ पिक्चर पनि राख्न मिल्ने भएको छ । महिनौं लामो परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकले जिआइएफ कमेन्टमा राख्न मिल्ने घोषणा गरेको हो ।

यो सेवा बिहीबारदेखि सुरु भएको हो । अब जो कोहीले पनि फेसबुक कमेन्टमा जिआइएफ बटनको प्रयोग गरी जिआइएफ पिक्चर राख्न सक्नेछन् । फेसबुक म्यासेन्जरमा च्याट गर्दा यसअघि जिआइएफ प्रयोग गर्न सकिन्थ्यो ।

अब फेसबुक कमेन्टमा पनि जिआइएफ प्रयोग गर्न सकिने भएको हो । फेसबुकले गिफी, टेनोर, डिज्नीसहितका जिआइएफ पाट्नरसँग मिलेर कमेन्टका लागि जिआइएफको व्यवस्था गरेको हो । तर आफूले अन्त कतैबाट खोजेको वा आफूले बनाएको जिआइएफ भने पोस्ट गर्न पाईंदैन ।