देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समसामयिक राजनीतिक एवम् सरकार सञ्चालनका विषयमा छलफल गरेका छन् ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बुधबार साँझ प्रधानमन्त्री देउवाले सरकार सञ्चालनका विषयमा कुराकानी गरेको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए ।

देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछिको प्रमुख सत्तासाझेदार पार्टी माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्तामा आपसी सहमति र सहकार्यका आधारमा अघि बढ्ने विषयमा छलफल गरेका थिए ।