देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवासंगै तीन उपप्रधानमन्त्री र चार मन्त्रीको सपथ

देशान्तर

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ ग्रहण ग्रहण गरेका छन् ।  प्रधानमन्त्री देउवाको सपथसंगै तीन जना उपप्रधानमन्त्री र तीन जना मन्त्रीहरुले पनि पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।  तीन उपप्रधानमन्त्रीमा फोरम लोकतान्त्रीकका अध्यक्ष विजय गच्छदार, माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा, र नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ छन् ।

गच्छदारलाई उपप्रधानमन्त्री सहित संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यसैगरि महरालाई परारष्ट्र र श्रेष्ठलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । गच्छदार र महरा अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री थिए ।
त्यसैगरि मन्त्रीहरुमा ज्ञानेन्द्रबहादुर कार्की जर्नादन शर्मा, फरमुल्ला मन्सुर र प्रभु साह रहेका छन् ।

कांग्रेस नेता कार्कीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । शर्मालाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्सुरलाई श्रम तथा रोजगार र प्रभु साहलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन् । शर्मा अधिल्लो सरकारमा समेत उर्जा मन्त्री थिए ।