देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्री छनौटका बिषयमा कांग्रेसमा विवाद,पौडेल पक्षले पठाएन देउवा सरकारमा मन्त्री

देशान्तर

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीको नाम छनौट गर्ने बिषयमा नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ ग्रहण नगर्दै मन्त्री छनौटको बिषयमा विवाद चर्किएको हो । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम नबनाइएको तथा मन्त्रीहरुका विषयमा आफूहरुसँग कुनै छलफल नगरेको भन्दै शपथ बहिष्कार गर्ने निष्कर्षमा पुगेको हो । अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा पौडेल पक्षका नेताहरुका बीचमा भएको छलफलपछि शपथ बहिष्कार गर्ने र मापदण्ड नबनाएसम्म मन्त्री पनि नपठाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेताहरुले सभापतिले पार्टी संचालन र सरकार संचालनमा मनोमानी गरेको भन्दै पार्टी र सरकार संचालनको मापदण्ड र मान्यता नबनेसम्म सभापतिलाई असहयोग गर्ने रणनीति तयार पार्नका लागि नेताहरुलाई खबरदारी गरेका थिए । पार्टी सभापतिसमेत रहेका देउवाले मन्त्रिमण्डल विस्तारबारे आफूहरुसँग कुनै छलफल र परामर्श नगरेकाले बुधबार आफ्नो तर्फबाट मन्त्री पनि सरकारमा नपठाउने निर्णय बैठकले गरेको उनले बताए । उनले पार्टीका वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायतका शीर्ष नेताहरुसँग देउवाले कुनै छलफल नगरेको बताए ।

पौडेल पक्षले आफूहरुलाई देउवाले पेलेर अघि बढ्न खोजेकाले मन्त्रिपरिषदमा सहभागी हुने मन्त्रीको नाम पनि नपठाउने भएको छ । यसअघि अर्थमन्त्रीका रुपमा महेश आचार्यको नाम अघि सारिएपनि पौडेल समूह अन्ततः आफ्ना पक्षका कुनै पनि नेतालाई तत्काल देउवा सरकारमा नपठाउने निर्णय निष्कर्षमा पुगेको हो । स्रोतका अनुसार सभापति देउवाले वरिष्ठ नेता पौडेललाई फोन गरेर आफ्नो सपथसंगै गोपालमान श्रेष्ठलाई उपप्रधान तथा रक्षा र ज्ञानेन्द्रबहादुर कार्कीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी गराउने र एक जनाको नाम पठाउन आग्रह गरेपछि पौडेल पक्ष आक्रोशीत भएको हो