देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवनियुक्त प्रधानमन्त्रीको सपथ आज दिउँसो २ बजे, सानो आकारको मन्त्रिपरिषद पनि आजै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे प्रधानमन्त्रीको पद तथा गापनियताको सपथ लिने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ कार्यक्रम हुने छ । सपथसंगै उनले सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरेको बताइएको छ ।

मंगलबार संसदको झण्डै दुई तिहाई मत पाएर नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता देउवा प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन् । देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको पत्र सभामुख ओनसरी घर्तिमगरले राष्ट्रपति कार्यालयमा पठाएपछि देउवाको बास्तु हेरेर सपथ ग्रहण समय तय भएको शितल निवास स्रोतले जानकारी दिएको छ।

देउवाको सपथ ग्रहणको साइत बुधबार अपरान्ह १ बजेर ५७ मिनेटका लागि तय भएको देउवा निकट स्रोतले बताएको छ । माओवादी र कांग्रेसबीच भएको सहमतिका आधारमा संसदमा रहेका ३ सय ८८ सदस्यको समर्थन पाएका देउवाले भोलि नै कांग्रेस र माओवादीसहित फोरम लोकतान्त्रिकका नेतालाई मिलाएर सानो आकारको मन्त्रिमण्डल गठनको तयारी गरेका छन्।

आफू र आफ्नो मन्त्रिमण्डलका सदस्यहरुले पद तथा गोपनियताको सपथ लिए लगत्तै प्रधानमन्त्री देउवा पदभार सम्हाल्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जानेछन्।