देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले रुपन्देहीमा उम्मेदबारको टुंगो लगायो

देशान्तर

वुटवल । नेपाली कांग्रेसले रुपन्देहीका सवै स्थानीय तहमा उमेदवारी टुंगो लगाएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका सहित ५ नगरपालिका र १० गांउपालिकामा कांग्रेसले आफ्ना उम्मेदबार तय गरेको हो । बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बुटवल उपमहानगर सभापति समेत रहेका नेता खेलराज पाण्डे तिलोत्तमा नगरपालिकामा कांग्रेस जिल्ला सचिब रामकृष्ण खांण , देबदहमा क्षेत्र न १ का क्षेत्रिय सभापति समेत रहेका हिरा केसी, सैनामैनामा फणेन्द्र शर्मा र सिद्दार्थनगर नगरपालिका भैरहवामा मात्रिकाप्रसाद यादवले मेयरको टिकट पाएका हुन् ।

नेपाली काँग्रेस रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा मोहम्मद शइद खाँ र उपप्रमुखमा नवबती यादवलाई उम्मेदवार बनाएको छ । खाँ नेपाली काँग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापति हुन् भने यादव लामो समय देखि समाजिक तथा राजनितिक क्षेत्रमा क्रियाशिल व्यक्ति हुन् ।

त्यस्तै कञ्चन गाउँपालिकाको प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा तिर्थ कुमारी थारुले उम्मेदवारी पाएका छन् । यस्तै गैडहवा गाउँपालिका प्रमुखमा वसिउल्लाह मुसलमान र उपप्रमुखमा रीता पुनले उम्मेदवारी पाएका छन् । प्रमुखको उम्मेदवार पाएका मुसलमानले नेपाली काँग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रिय सभापति हुन् ।