देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावमा पराजयको कारण खोज्न कांग्रेसले बनायो समिति

देशान्तर

रामेछाप– पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस रामेछापले पराजय भोग्नुको कारणबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।

 
सोमबार बसेको पार्टीको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले हार्नुको कारण पत्ता लगाउन नेपाली कांग्रेसका पार्टी सचिव लेखबहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा जिल्ला कार्यसमितिका सदस्यहरु सृजना खड्का, राजु श्रेष्ठ, कपिल कार्की र एकबहादुर बस्नेत रहेका छन् । समितिले जिल्लाको अधिकांश स्थानमा पार्टीले भोग्नु परेको पराजयका कारण अध्ययन गरी पार्टी सभापतिलाई प्रतिवेदन बुझाउने जनाएको छ ।

 
त्यसैगरी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनेकालाई मतदान गर्ने आम मतदाता, निर्वाचनको क्रममा सहयोग पुर्याउने सरोकारवाला सबैलाई धन्यवाद समेत दिएको छ । त्यसैगरी आगामी २०७४ असार २ र ३ गते सदरमुकाम मन्थलीमा स्थानीय तह निर्वाचन २०७४ को समिक्षा भेला बोलाउने निर्णय समेत गरेको छ ।