देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजपा अध्यक्ष मण्डलको बैठकद्धारा सबै आन्दोलनका कार्यक्रमहरु स्थगित

देशान्तर

काठमाडौं । संविधान संसोधन र दल दर्ताका लागि नयाँ व्यवस्थाको माग गर्दै आएको राष्ट्रिय जनता पार्टी सम्मिलित संघीय गठवन्धनले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । राजपाका अध्यक्ष मण्डलको अहिलेको बैठक बसिरहेको छ ।

राजपाको बैठकसंगै संघीय गठवन्धनको बैठक पनि बोलाइएको छ । संघीय गठबन्धनको बैठक बोलाएर आम हडताल फिर्ता लिने तयारी भएको बताइएको छ । राजपाका महासचिव मनिष सुमनले १७, १८ र १९ को आन्दोलन स्थगित गरिएको जानकारी दिए । गठवन्धनले आज मसाल जुलुस प्रदर्शन गर्ने र भोलि र पर्सि तराई मधेस–थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरेको थियो ।

राजपालाई सहभागी गराउन भन्दै सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव असार १४ गतेलाई सारेको छ । तर, राजपाले भने चुनावमा सहभागी हुने प्रतिवद्धता जनाइसकेको छैन । उसले चुनावको वातावरण बनाउन माग गर्दै आएको छ ।