देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रालयको नाम र संरचनामाथि राज्य व्यवस्था समितिमा छलफल हुने

देशान्तर

काठमाडौं । नेपालको संघीय सरकारमा अब प्रधानमन्त्री सहित १८ मन्त्री मात्रै हुने भएका छन् । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले बुधवार संसदको राज्यव्यवस्था समितिमा पेश गरेको प्रतिवेदनमा १८ मन्त्रालयको प्रस्ताव गरिएको छ ।
सरकारले गत वैशाख २१ गते सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो । समितिमा एमाले सांसद राजेन्द्र पाण्डे, कांग्रेसकी आरजु देउवा, माओवादीकी रेखा शर्मा, राप्रपाका भुवन पाठक सदस्य थिए ।
समितिले पेश गरेको प्रस्तावमा उल्लेखि कतिपय मन्त्रालयको नाम र संरचनामा हेरफेर गर्नुपर्ने अवस्था रहेको राज्य व्यवस्था समिति सदस्य यज्ञराज सुनुवारले बताए ।
यस विषयमा आगामी शुक्रवारको बैठकमा छलफल हुनेछ । राज्यमन्त्रीहरु समेत राखेर बढिमा २५ सदस्यीय मन्त्रिपरिषद गठन हुने संवैधानिक प्राबधान रहेको छ ।