देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिदिम नगरलाई स्मार्ट सिटी वनाउने कांग्रेस उमेद्वारको घोषण

देशान्तर

पाँचथर । नेपाली कांग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा संगै उनीहरुले गरपालिकालाई स्मार्ट सिटी वनाउने घोषणा गरिएको छ ।

प्रेस समन्वय समितिले मंगलवार पार्टी कार्यालय फिदिममा आयोजना गरेको कार्यक्रममा प्रमुख पदमा पार्टीका महाधिवेशन प्रतिनिधि ओनाहाङ नेम्बाङ र उपप्रमुखमा उर्मिला प्रधान श्रेष्ठलाई उम्मेदवार चयन गरेको नेपाली कांग्रेस पाँचथरले जनाएको छ ।
कार्यक्रममा कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले पार्टीको आधिकारिक उम्मेदवार नेम्बाङ र श्रेष्ठ भएकाले उनीहरुलाई सहयोग गर्न सवैलाई आग्रह गरे ।
नगरप्रमुख पदका उम्मेदवार नेम्बाङ र उपप्रमुख पदका उम्मेदवार श्रेष्ठले आफूहरु विजयी भए नगरको विकास गर्ने बताए ।