देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जेठ ३१ को चुनाव सर्यो, असार ९ गते गर्ने सरकारको निर्णय

देशान्तर

काठमाडौं । आउँदो जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते शुक्रबारका दिन हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन असार ९ गतेको मिति तय गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

“खासगरी मुस्लिम समुदायको पवित्र रमजान चाडलाई ध्यानमा राख्दै असार ९ गते दोस्रो चरणको निर्वाचन गर्ने भनिएको छ, त्यो प्रस्तावलाई छलफलका लागि व्यवस्थापिका–संसद्मा लगिँदैछ”, सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने ।

त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७४÷७५ को आयव्यय विवरण (बजेट)लाई पनि पारित गरेको छ ।