काठमाडौं । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिनुमा निर्वाचनको आयोग, एमाले र माओवादी केन्द्र दुवै दोषि रहेको जनाएको छ ।
चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठका अनुसार मतगणनास्थल वरपर नेकपा एमाले र माओवादी केन्द्र दुवै पक्षका अनावश्यक मान्छेहरु भेला गरेको तथा निर्वाचन आयोगको कमजोर व्यवस्थापनका कारण मतपत्र च्यातिएको बताएका छन् । उनले भने–‘एमालेले दिउँसोदेखि नै स्वतन्त्र व्यक्तीका नाउमा धेरै मानिसलाई मतगणना स्थलमा लगेको थियो ।
हामीले यसबारे निर्वाचन अधिकृतलाई जानकारी दिएका थियौं । एमाले कार्यकर्ताहरु टर्चसहितको लाइटर लिएर भित्र पसेका थिए । निर्वाचन निर्वाचन आयोगको कमजोर व्यवस्थापनका कारण दुःखद घट्ना हुन पुग्यो।’ उनले एमाले र माओवादी केन्द्रबीच विवाद बढेपछि मतपत्र तानातान भएको मात्र देखेको बताए। माओवादी केन्द्रलाई दोष देखाएर एमाले उम्कीन नपाउने उनले बताए ।
सभापति श्रेष्ठले भने–‘यो घटनामा सवै दोषि छन्, एकले अर्कालाई दोषि देखाएका आयोग, एमाले र माओवादी कोही उम्कन पाउदैनन् । जनमतको अपमान भएको छ ।’
प्रतिक्रिया