देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोल्पा सदरमुकामै कुपोषित छन् बालबालिका

देशान्तर

रोल्पा । रोल्पा सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवनमरणको दोसाँधमा छन् ती कुपोषित हुने बालक हुन् विवेक विक । दुई वर्षका उनी अझै बस्न सक्दैनन् ।

बाबु श्यामलाल विक मजदुरीका लागि घरबाट निस्केपछि नफर्कुन्जेल बन्द कोठमा एकोहोरिएर सुतिरहन्छन् उनी । ओछ्यानमै दिसापिसाब गर्छन्, भोकप्यास लागे पनि उनलाई खान दिने न कोही हुन्छ न त खाने कुरा नै हुन्छ । दाजु विकास विवेकभन्दा १ वर्ष मात्र जेठा छन् । भाइलाई कोठामै राखेर घरको ढोका बन्द गरी बुबा गएपछि विकास पनि बाहिर धुलो र ढुङ्गालाई साथी बनाएर दिनभरि खेलिरहन्छन् । बाबु समयमै घरमा आए खान पाउँछन नत्र उनी पनि दिनभर भोकभोकै हुन्छन् ।

चालिस वर्ष उमेर पुगिसकेका श्यामलालले ४ वर्षअघि स्थानीय मिझिङकी अप्सरा कामीसँग विवाह गरे । वर्षौटे दुई छोरा जन्मिए पनि आर्थिक समस्याका कारण राम्रोसँग स्याहार गर्न नसकेकाले दुवै छोरालाई कुपोषण भयो । विभिन्न निकायको सहयोगमा कुपोषित छोरालाई शिशुस्याहार केन्द्र दाङमा लगी भर्ना गरे । पोषण पुनः स्थापना केन्द्रमा दुई महिना बसेका उनीहरु केही पोषित भएपछि श्यामलाल घर फर्किदा श्रीमती भने घरमा थिइनन् ।

श्रीमतीका वारेमा लामो समयसम्म खोजी गर्दा कसैले काठमाडाँै ईंट्टा भट्टा गएको सुनाए भने कसैले पोइल गई भने तर म भने छोराहरुको मायाले एक दिन पक्कै आउली भनेर बाटो हेरिरहेँ तर चार महिना बितिसक्दासमेत श्रीमती नफर्केको उनले गुनासो गरे ।

यी छोरालाई स्याहार गर्ने कि ज्याला मजदुरी गरेर खाने, घरमा अरु कोही छैनन् । काममा जाँदा छोराहरुको स्याहार गर्ने मान्छे हँुदैन सुनारले गम्भीर हँुदै भने । नगरपालिकाले दलित बालबालिकाको पोषण सुधारका लागि मासिक रु २०० भत्ता दिने गरेकाले दुई छोराको भत्ताबाट केही दिन जुगारा चले पनि बाँकी दिनका लागि भने मजदुरीमै भर पर्नुपर्छ ।

बालबालिकाको ८० प्रतिशत दिमागको विकास २ वर्षमै भइसक्ने भनिए पनि अल्पआहारका विवेक सुस्त विकास भने कम सुस्त छन् ।