देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सात स्रष्टाले पाए लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला सम्मान

देशान्तर

काठमाडौं । लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले आफ्नो २३औं वर्षगाँठको अवसरमा बुधबार वार्षिक पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष कवि, गीतकार बसन्त चौधरीको सभापतित्व तथा इतिहासकार प्राध्यापक डा. त्रिरत्न मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न आजको पुरस्कार वितरण समारोहमा यस वर्षको ‘गङ्गादेवी चौधरी स्मृति सम्मान’ (साहित्य) कवयत्री श्रीमती तोया गुरुङ्गलाई, ‘सरस्वती सम्मान’ (काव्य) लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले आफ्नो २३औं वर्षगाँठको अवसरमा बुधबार वार्षिक पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष कवि, गीतकार बसन्त चौधरीको सभापतित्व तथा इतिहासकार प्राध्यापक डा. त्रिरत्न मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न आजको पुरस्कार वितरण समारोहमा यस वर्षको ‘गङ्गादेवी चौधरी स्मृति सम्मान’ (साहित्यतर्फ) कवयत्री श्रीमती तोया गुरुङ्गलाई, ‘सरस्वती सम्मान’ (काव्यतर्पm) गीतकार श्री कालिप्रसाद रिजाललाई, ‘इतिहास शिरोमणी बाबुराम आचार्य शोध सम्मान’ (इतिहासतर्फ) प्राध्यापक हरिकान्त लाल दासलाई, ‘नारायण गोपाल संङ्गीत सम्मान’ (आधुनिक संगीत तथा गायनतर्फ) गायक दीप श्रेष्ठलाई, ‘अरनिको ललितकला सम्मान’ (चित्रकलातर्पm) बरिष्ठ कलाकार उत्तम नेपालीलाई, ‘बालकृष्ण सम रङ्ग सम्मान’ (नाट्य लेखन र निर्देशनतर्पm) वयोवृद्ध वरिष्ठ मैथिली नाट्य लेखक तथा निर्देशक महेन्द्र मलंगियालाई अर्पण गरियो भने यस बर्षको ‘नेपाल नव प्रतिभा पुरस्कार’ (खेलकूदतर्फ) चर्चित अल्ट्रा धाविका मीरा राईलाई अर्पण गरियो ।

समारोहमा कवि गीतकार तथा संस्थाका अध्यक्ष बसन्त चौधरीको नयाँ कृति ‘जीवन मन्त्र’ को लोकार्पण समेत गरिएको थियो । संस्थाकी कोषाध्यक्ष मेघा चौधरी शाक्यको स्वागत मन्तव्यबाट सुरू गरिएको कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि प्राध्यापक डा. त्रिरत्न मानन्धरले पानसमा बत्ती बाली गरेका थिए । सम्मानित श्रष्टाहरुकातर्पmबाट समारोहमा बोल्दै बरिष्ठ गायक दिप श्रेष्ठले साहित्यकला मन्दिरका क्रियाकलापहरूको मुक्त कण्ठले प्रशंसा गरे । कार्यक्रमका सभापति कवि गीतकार बसन्त चौधरीले संस्थाका आगामी क्रियाकलापहरुमाथि प्रकाश पारे ।

प्रा. हरिकान्तलाल दास कमजोर स्वास्थ स्थितिका कारण अनुपस्थित रहेका हुदा उनको सम्मान तथा पुरस्कार उहाँको बुहारी मनिषा दासलाई हस्तान्तरण गरिएको थियो भने अल्ट्रा धाविका मिरा राई पनि उपचारको सिलसिलामा देश बाहिर रहेकी हुदा उनकी बहिनी अनुपमा मगरले उनको पुरस्कार तथा सम्मान ग्रहण गरेकी थिइन ।

स्मरणिय छ, गङ्गादेवी चौधरी स्मृति सम्मान रू १ लाख १ हजार नगद, ताम्रपत्र र दोसल्ला सहितको रहेको तथा अन्य सबै पुरस्कारहरू रू ५१ ह्जार नगद, ताम्रपत्र र दोसल्ला सहित प्रदान गरिदै आइएको छ ।

गीतकार श्री कालिप्रसाद रिजाललाई, ‘इतिहास शिरोमणी बाबुराम आचार्य शोध सम्मान’ (इतिहासतर्पm) प्राध्यापक हरिकान्त लाल दासलाई, ‘नारायण गोपाल संङ्गीत सम्मान’ (आधुनिक संगीत तथा गायनतर्पm) गायक दीप श्रेष्ठलाई, ‘अरनिको ललितकला सम्मान’ (चित्रकलातर्पm) बरिष्ठ कलाकार उत्तम नेपालीलाई, ‘बालकृष्ण सम रङ्ग सम्मान’ (नाट्य लेखन र निर्देशनतर्पm) वयोवृद्ध वरिष्ठ मैथिली नाट्य लेखक तथा निर्देशक महेन्द्र मलंगियालाई अर्पण गरियो भने यस बर्षको ‘नेपाल नव प्रतिभा पुरस्कार’ (खेलकूदतर्पm) चर्चित अल्ट्रा धाविका मीरा राईलाई अर्पण गरियो ।