देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जाजरकोटमा कांग्रेस युवा नेता शाहको निर्मम हत्या

देशान्तर

जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका युवा नेता रविन्द्र शाहको मंगलवार साँझ निर्मम हत्या भएको छ । स्थानीय पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष एवम् निर्माण व्यवसायी समेत रहेका कांग्रेस स्थानीय नेता ३७ वर्षीय शाहलाई मंगलवार साँझ करिब ७ बजे जाजरकोट सदरमुकाम खलंगामा साथीहरुसँगै घुम्न निक्लेका बेला ८–१० जनाको समूहले एक्कासी ढुंगा, भाटा लगायतले आक्रमण गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

भेरी नगरपालिका–३ जिल्ला अस्पताल नजिकै तल्लोथाप्लेमा साथीहरु हिटलरसिंह राठौर, किरण थापा र भीमबहादुर खत्रीसँग रहेका शाहमाथि आक्रमण भएपछि उनका साथीहरु त्यहाँबाट भागेका थिए । शाहलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि बाटोबाट तल खसालेर आक्रमणकारीहरु भागेको प्रहरीले जनाएको छ । घटनापछि शाहलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याएइको थियो ।

अस्पतालले उनको मृत्यु भएको जनाएको छ । बेलुका अँध्यारो भइसकेकाले आक्रमणकारीहरु चिन्न नसकेको प्रत्यक्षदर्शीलाई उदेत गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले जनाएका छन् । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य रहेका शाह काँग्रेस नगर सभापतिमा पराजित भएका थिए । आक्रमणकारीको खोजी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।