देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच आज भेटवार्ता

देशान्तर

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै छन् । दाहालले ग्रेट हल अफ दि पिपुलमा सीसँग भेट्ने कार्यक्रम रहेको जानकारी उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए ।

सीसँगको भेटलाई दाहालले विशेष महत्व दिएका छन् । निकटस्थका अनुसार दाहालले आफूले नयाँदिल्लीलाई नजिक राखेको र चीनसँग दूरी बढाएको भन्ने बाहिर भएको प्रचारमा सत्यता नरहेको सन्देश चिनियाँ नेतृत्वलाई दिनेछन् ।

उनले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनेछन् । दाहालले आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावसँग भेटेका थिए । उनले आफ्नो पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका थिए ।

उनीसहितको नेपाली प्रतिनिधिमण्डलले आइतबार बिहान त्यहाँस्थित ग्रेटवालको पनि अवलोकन गरेको थियो । प्रधानमन्त्री दाहाललाई स्टेट गेस्ट हाउसमा राखिएको छ ।