काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य चिन्तामणी सापकोटा र जनसम्पर्क समितिका पूर्व अध्यक्ष एवं गैरआवासीय नेपाली संघका अध्यक्ष एकराज गिरि पर्यटन दूतमा नियुक्त भएका छन् ।
चिन्तामणी बार्सिलोना स्पेन र एकराज म्याड्रिट स्पेनका लागि पर्यटन दुत नियुक्त भएका हुन् । नेपाल सरकारले सापकोटा र गिरीलाई हालै पर्यटन दुत नियुक्त गरेको हो ।
उनिहरुलाई स्पेनमा पर्यटनको प्रवद्धनको जिम्मा दिइएको छ । पर्यटन दुत नियुक्त भएपनि दुवै जनाले नेपालको पर्यटन प्रवद्धनका लागि बिभिन्न कार्यक्रम र अभियान संचालन गर्ने बताए । नेपालको परिचय झल्कने खाले बिभिन्न कार्यक्रम गरिने बताइएको छ ।
]]>
प्रतिक्रिया