देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धमाधम सरुवा, अब सिडिओ र प्रहरी प्रमुखको पालो

देशान्तर

काठमाडौं । सरकारले हालै ३९ जना एसएसपीको सरुवा गर्‍यो । लामो समयदेखि हुन नसकेको एसएसपीको सरुवा गरेसँगै सरकारले चारजना सचिव र केही सहसचिवको सरुवा गरेको छ । यो सँगै अब सरकारले प्रमुख जिल्ला अधिकारी र एसएसपी नहुने जिल्लास्थित प्रहरी प्रमुखको सरुवाको तयारी थालेको बताइएको छ ।शुक्रबारको मन्त्रिपरिषद् बैठकले सरकारले विभिन्न मन्त्रालय र निकायका चार सचिवसहित १९ सहसचिवको सरुवा गरेको हो । गृह मन्त्रालय स्थानीय चुनावको मिति तोक्नुभन्दा अगाडि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्ने तयारीमा सरकार लागेको स्रोतल बतायो । स्थानीय चुनावलाई सहज हुने ढंगले सबै राजनीतिक पार्टीका नेताहरूको भागबण्डाका आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको तयारी भइरहेको बताइएको छ । 

निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि आचारसंहिताका आधारमा सरुवाबढुवामा रोक लगाउने भएकाले सरकारले निर्वाचनको मिति तोक्नभन्दाअगावै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा पछि मात्रै निर्वाचनको मिति तोक्ने तयारी गरेको बताइएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कमलशाली घिमिरेलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कानुन मन्त्रालयका सचिव राजीव गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो । यसैगरी, मध्यमाञ्चलका क्षेत्रीय प्रशासक विनोद केसीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रमुखमा तथा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बराललाई राष्ट्रिय सूचना आयोगको सचिवमा सरुवा गरिएको छ । 

यस्तै शम्भु कोइरालालाई सचिवमा बढुवा गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा पदस्थापन गरेको छ । सहसचिव प्रकाश माथेमालाई सचिवमा बढुवा गरी वन तथा भूसंरक्षण मन्त्रालयमा पदस्थापन गरिएको छ । कर्मचारी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा आगामी पाँच वर्षका लागि हालकै कार्यकारी निर्देशक शैलेन्द्र गिरीलाई नियुक्त गरिएको छ । खुला प्रतिस्पर्धाबाट छनोट भएका गिरीलाई सरकारले कार्यकारी निर्देशक नियुक्त गरेको हो । सामान्य प्रशासन मन्त्रालयका सहसचिव मुकुन्द निरौला श्रम तथा रोजगार मन्त्रालयमा, सार्वजनिक खरिद अनुगमन कार्यालयका हरिशरण पुडासैनी गृह मन्त्रालयमा, किताबखानाका महानिर्देशक गंगाराम गेलाल अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् । 

यसैगरी, सप्तरीका प्रजिअ बलदेव गौतम स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन् । सामान्यको अतिरिक्त समूहमा रहेका कालीप्रसाद पराजुलीलाई गृह, सिँचाइ मन्त्रालयका सनत केसीलाई रक्षा, गृह मन्त्रालयका शंकर खरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वास्थ्य मन्त्रालयका दानध्वज बस्नेतलाई सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ । योजना आयोगका बालकृष्ण घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला आयोगका रामप्रसाद भट्टराईलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सरुवा गरिएको छ ।

श्रम मन्त्रालयका शत्रुघ्न पुडासैनीलाई उद्योग मन्त्रालयमा, अख्तियारका शिवराम न्यौपानेलाई सामान्य प्रशासन मन्त्रालयमा, सामान्य प्रशासन मन्त्रालयमा प्रदीप कोइरालालाई उद्योग मन्त्रालयमा, उद्योग मन्त्रालयका यमलाल भुसाललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सरुवा गरिएको छ । उद्योग मन्त्रालयका नारायण बिडारीलाई रक्षा मन्त्रालयमा, गृह मन्त्रालयका विश्वप्रकाश सुवेदीलाई अर्थ मन्त्रालयमा, स्वास्थ्य मन्त्रालयका रामशरण चिमोरियालाई अर्थ मन्त्रालयमा र श्रम तथा रोजगार मन्त्रालयका महेश्वर पौडेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । 

 

]]>