देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपन्न र असहाय बालबालिकाको उपचारका लगि एक करोडको कोष स्थापना

देशान्तर

काठमाडौं  । जवाहर सहयोग गुठीले विपन्न, असहाय बालबालिकाहरूको उपचारमा सहयोग गर्ने उद्देश्यले त्रिवि शिक्षण अस्पतालको बाल रोग विभागमा खडा गरेको कोषलाई वृद्धि गरेर एक करोड रुपैयाँ पुर्‍याएको छ । गरिब तथा असहाय बालबालिकाको नि:शुल्क उपचारका लागि स्थापना भएको ‘इन्द्र–जवाहर स्वास्थ्य उपचार कोष’का संरक्षक रविभक्त श्रेष्ठले शुक्रबार एक कार्यक्रमका बीच ५० लाख रुपैयाँ थप गरिएको घोषणा गरेका हुन् ।

श्रेष्ठकी आमा जहावरदेवी श्रेष्ठको ९३ औं जन्मदिनको अवसर पारेर आयोजित कार्यक्रममा श्रेष्ठले कोषमा ५० लाख थपेर एक करोड पुर्‍याइएको जानकारी दिए । विगत सात वर्षदेखि कोषले बाल रोग विभागलाई ५० लाख रुपैयाँ सहयोग गर्दै आएको थियो । 

‘सामाजिक दायित्वको बोध गरी हामीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छौं । विशेषगरी स्वास्थ्य क्षेत्र तथा शिक्षा र त्यसमा पनि बालबालिकाको उपचारलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेका छौं’, श्रेष्ठले भने, ‘टाढा–टाढाबाट यो अस्पतालमा आउने विपन्न बालबालिकाले उपचारमा पैसाको अभाव व्यहोर्नु नपरोस् भनेर यो सहयोग गरिने गरिएको छ ।’ 

अध्यक्ष श्रेष्ठका अनुसार समय र आवश्यकताअनुसार यो कोषलाई अझै बृद्धि गरिँदै लैजाने लक्ष्य छ । श्रेष्ठका अनुसार यो कोषबाट प्राप्त हुने ब्याज अस्पतालको बाल रोग विभागमा भर्ना भएका बालबालिकाको उपचारमा प्रयोग हुन्छ । यसबाहेक स्व. इन्द्रभक्त श्रेष्ठको सहयोग गुठीमार्फत एनई ग्रुपले एक करोडको इन्द्रभक्त श्रेष्ठ छात्रवृत्ति कोष स्थापना गरेको छ ।

त्यसमा त्रिवि स्कुल अफ म्यानेजमेन्टअन्तर्गत हरेक वर्ष एमबीए तहमा अध्ययन गर्ने दुईजना जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने श्रेष्ठले बताए । त्यसैगरी, एमबीएमा सबैभन्दा बढी अंक ल्याउने एकजनालाई इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक प्रदान गरिन्छ ।

 

]]>