देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इलाकालाई गाउपालिकाको मान्यता दिनुपर्ने कांग्रेसको बटमलाईन : बरिष्ठ नेता पौडेल

देशान्तर

जुम्ला । नेपाल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानिय तहको सिमा र संख्या तोक्नका लागि गठित आयोगले गरेको प्रस्तावलाई कांग्रेसले नमान्ने भन्दै स्थानिय तहको नयाँ संरचना बनादा अहिले कायम रहेका इलाकालाई गाउ र नगरपालिका बनाउने कांग्रेसको बटमलाईन भएको बताएका छन् । मानसरोवरको तीर्थयात्राबाट फर्कनेक्रममा मंगलवार हुम्लाको सुर्केघाटमा आयोजित आमसभालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडलले संविधान कार्यान्व्यनका लागि स्थानिय निकायको चुनाव अनिवार्य भएको र स्थानिय चुनाव हुनका लागि सवै भन्दा उत्तम अहिले कायम रहेको इलाकालाई गाउ र नगरपालिकाको मान्यता दिनुको विकल्प नभएको स्पष्ट पारे ।

बरिष्ठ नेता पौडेलले मुलुकको राजनीति स्थीर हुने नसकेको बताउदै संविधान कार्यान्वयन गरेर मुलुकलाई स्थीरताको बाटोमा लैजानुपर्ने बताउदै अहिले कुनै पनि राजनीतिक दलका नेताहरु संविधान कार्यान्वयनका  लागि गम्भिर नबनेको आरोप लगाए । उनले संविधान  र  संघीयताको कार्यान्वयनसंगै हुम्लाका कृषि उत्पादन र पर्यटन व्यवसायको बिकास हुने समेत विश्वास व्यक्त गरे । 

बरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले आम कार्यकर्ताको मुल्याङकन गरेर पार्टीलाई एकढिक्का बनाउन नसकेको उल्लेख गर्दै आफुले पार्टी जोगाउनका लागि पार्टी शुद्धीकरण अभियानको सुरुवात गर्ने बताए । कार्यक्रममा सांसद रिता शाही, कांग्रेस जिल्लासभापति जयपति रोकायले हुम्लाका विविध समस्याका बारेमा जानकारी गराएका थिए ।

]]>