देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्ति सुरक्षा सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन : उपप्रधानमन्त्री तथा गृहमन्त्री निधि

देशान्तर

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मुलुकको शान्ति सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज आफ्नो पदभार ग्रहण गर्दै गृहमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्न समन्वयात्मक ढङ्गले काम गरिने बताए । उपप्रधानमन्त्री निधिले अनवरत ढङ्गले देश र जनताको पक्षमा काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए ।
    
उनी यसअघि दुई पटक सामान्य प्रशासन र एक पटक भौतिक योजना तथा निर्माणमन्त्री बनेका थिए । मन्त्रालयका निमित्त सचिव विनोद केसी, नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक सहित मन्त्रालयका कर्मचारीले नवनियुक्त उपप्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।

 

]]>