देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिलो मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो ?

देशान्तर

काठमाडौं । सरकारले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकलाई राहत दिन पूर्ववर्ती सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने भएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सहिद, बेपत्ता तथा घाइते योद्धाका पक्षका गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

यस्तै, हालैको बाढी पहिरोमा परी ज्यान गुमाएका नागरिकलाई रु एक लाख राहत प्रदान गर्ने निर्णयसमेत आजको मन्त्रिपरिषद्को बैठकले गरेको उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

मन्त्रिपरिषद्ले गत सालको ‘गोरखा भूकम्प’ र बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

नयाँ सरकार गठन गर्न सहयोग गर्ने व्यवस्थापिका–संसद्, राजनीतिक दल, सांसद्लाई धन्यवादसमेत ज्ञापन गरेको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा ज्याउन गुमाउने सहिदप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरिएको उपप्रधानमनत्री महराले जानकारी दिए ।

सरकारका प्रवक्ता महरा

तत्कालका लागि सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री महरालाई तोकिएको छ । यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका प्रधानमन्त्री लि खछ्याङ र अमेरिकी सरकारका तर्फबाट शुभकामना सन्देशसमेत प्राप्त भएको उनले जानकारी दिए ।

यस्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको लागि निम्तो दिनुभएको पत्रसमेत प्राप्त भएको उनको भनाइ छ ।

 

]]>