देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बनेपामा काँग्रेसका मुलुकभरका नगर सभापतिको सम्मेलन हुने

देशान्तर

बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक देशभरका नेपाली काँग्रेसका नगर सभापतिको सम्मेलन हुने भएको छ ।

आगामी असोज ३ र ४ गते हुने सो सम्मेलनमा २१९ नगर सभापतिसहित करिब ४०० प्रतिनिधिको सहभागिता रहने नेपाली काँग्रेस बनेपा नगर समितिद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगर सभापति राम जोशीले जानकारी दिए ।

उनले त्यसका लागि रु १८ लाख खर्च हुने अनुमान गर्दै केही रकम रजिष्ट्रेसनबाट र अन्य विभिन्न व्यक्ति वा सङ्घ, संस्थाबाट सहयोग लिएर जुटाइने बताए ।

नगर सभापतिलाई धुलिखेलमा बस्नका लागि प्रबन्ध गरिनेछ र ऐतिहासिक नगरी पनौतीलगायत पर्यटकीय क्षेत्रको भ्रमण गराइने जोशीले जानकारी दिए ।

सम्मेलनमा स्थानीय निर्वाचन, प्रादेशिक व्यवस्था, पार्टी सुदृढीकरणलगायतका एजेन्डामा छलफल हुनेछ । सम्मेलनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

]]>