देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति भण्डारी र नेता देउवाबीच राजनीतिक भेटघाट

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेता देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले आफूबाट विवादमा आउने कुनै पनि काम नहुने स्पष्ट पारेको जनाइएको छ  । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि टु्ङ्गो लाग्ने दिन आज उनीहरुबीच सो भेटघाट भएको हो । 

नेपालको संविधानको सङ्क्रमणकालीन व्यवस्थामा प्रधानमन्त्री पदमुक्त हुने प्रावधान स्पष्ट भए पनि नयाँ सरकार गठनको व्यवस्थाका बारेमा भने प्रमुख दलबीच बहस जारी छ ।  काँग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा (संयुक्त) ले गत असार २९ गते प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । शुक्रबारदेखि छलफल भएको प्रस्तावको आज टुङ्गो लाग्ने संसद्को कार्यसूची छ । 

]]>