देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विप्लव माओवादीका कार्यकर्ताले ट्याक्सी जलाए

देशान्तर

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले नयाँ बानेश्वर र सामाखुसीमा ट्याक्सीमा आगजनी गरेका छन् ।बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो  भने सामाखुसीमा बा १ ज२८६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो ।  

यात्रु बनेर ट्याक्सी चढेका व्यक्तिले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगोलगाइ भागेको प्रहरीले जनाएको छ । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, चितवनबाट काठमाडौं तर्फ औषधी ल्याउँदै गरेको एक मिनी ट्रकमा बन्दकर्ताले आगजनी गरेका छन् । चितवनमा वन्दका बाबजुत पूर्व पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ्ग गरेर सवारी साधन सञ्चालनमा ल्याएको गरेको छ ।

विप्लव माओवादीले गरेको नेपाल बन्दमा बन्दमा चितवन प्रहरीले गन्तब्यमा हिडेका सवारी साधनलाई सुरक्षा दिएर पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ  । सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले गरेको नेपाल बन्दमा देशैभरको जनजीवन प्रभावित भईरहेको अवस्थामा जनजिवन सामान्य बनाउन प्रहरी स्कटिङ्ग गरेर सावारी साधन सुरुचारु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक वसन्त कुवंरले जानकारी दिए ।

राजमार्गमा सवारी चलाउन प्रहरी उपरिक्षक आफै स्कटिङ्गमा हिडेका छन् । प्रहरी आपटारी, पुल्चोक, केन्द्रिय बस पार्क, गोन्द्रङ्ग लगायतका ठाउ सावारी जम्मा गरेर प्रहरी परिचालन गरि राजमार्ग  स्कटिङ्ग गरेर यातायात सुचारु गरेको उनले बताए ।  प्रहरी जिल्लाको मुख्य राजमार्गमा बिशेष  निगरानी राखी  याताायात सुचारु गरेको छ ।

 

]]>