देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसङ्घलाई नीतिमुखी बनाउन प्रशिक्षण

देशान्तर

नेविसङ्घलाई नीतिमुखी बनाउन प्रशिक्षण

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घलाई सशक्त र नीतिमुखी बनाउन उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । 

नेविसङ्घ केन्द्रीय समितिले आज यहाँ आगामी ११ औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम निर्माणका लागि उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम गरेको हो । 

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, धनराज गुरुङ, दीपक खड्का, गुरुराज घिमिरे, डा हरि पोखरेल, रञ्जित कर्णलगायतले प्रशिक्षण दिएका थिए ।  

सो कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्कुल, क्याम्पस तथा जिल्लाका दुई÷दुई गरी २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । यो अभियानलाई नेविसङ्घले सातै प्रदेशमा लैजाने नेविसङ्घका नेता दीपक भट्टराईले जानकारी दिए । 

]]>