देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निजामति ट्रेड युनियन चुनावको मतगणना जारी, परिणाम आजै

देशान्तर

काठमाडौं । निजामती कर्मचारी संगठनको ट्रेड युनियन निर्वाचनको मतगणना सुरु भएको छ । बुधवार रातिसम्म ७५ जिल्लामध्ये ४८ र ४२ विभागमध्ये ४० वटाको मतगणना सकिएको थियो। सवै केन्द्रका मतगणना सकिएपछि मात्रै कुल मतसंख्या र प्राप्त मत निकाल्ने तयारी रहेको निर्वाचन कार्यालयका प्रवक्ता सन्तोष गिरीले बताए।

एक सय १७ निकायमा १ सय २९ मतदान केन्द्रमा भएको निर्वाचनमा करिब ८५ प्रतिशतको हाराहारीमा मत खसेको प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले बताए। सवै जिल्ला, विभागको मत संकलन भई अन्तिम परिणाम भने आज १२ बजेसम्म आइसक्ने उनले बताए। अहिले सम्म एमाले समर्थित नेपाल निजामती कर्मचारी संगठन अगाडि देखिएको छ।

बुधवार राति अबेरसम्मको मतगणना अनुसार संगठन आधाभन्दा बढी विभाग र जिल्लामा पहिलो भएको छ। दोस्रो स्थानमा कांग्रेस निकट नेपाल निजामती युनियन (संघ) छ भने माओवादी केन्द्र समर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन तेस्रो स्थानमा छ। निर्वाचनका लागि ७ कर्मचारी संगठनहरुले उम्मेदवारी दर्ता गराएका थिए। कान्तिपुर दैनिकमा समाचार छ। 
 
 

 

]]>