देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थान विवादका कारण रोकियो संसद भवन निर्माण योजना

देशान्तर

काठमाडौं । सिंहदरबारको पुतली बगैंचा, बबरमहल र केन्द्रीय कारागार क्षेत्रसम्म कहाँ बनाउने भन्नेमा विवाद देशकै नीति निर्माण गर्ने व्यवस्थापिका–संसद् भाडाको भवनमा सञ्चालित छ । संसद् सचिवालयले संसद्को नियमित बैठक हुने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भाडा वार्षिक नौ करोड ६१ लाख रुपैयाँ महानगरपालिकालाई बुझाउँदै आएको छ। व्यवस्थापिका–संसद् भवन बनाउने विषय उठेको झन्डै १८ वर्ष भएको छ। तर, अहिले सिंहदरबारस्थित पुतली बगैँचामै संसद् भवन बनाउने गरी संसद् सचिवालयले प्रक्रिया अगाडि बढाएको छ । तर, सरकारले यस वर्ष जम्मा ५० लाख रुपैयाँ बजेट मात्र विनियोजन गरेको छ। तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५५ मै सिंहदरबारस्थित पुतली बगैँचाको जग्गामा संसद् भवन बनाउने निर्णय गरेको थियो। तर, स्थानका विषयमा विवाद भयो।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकै ठाउँमा रहँदा संकुचन हुने भन्दै संसद् भवन बाहिर बनाउनुपर्ने आवाज उठेपछि विभिन्न अध्ययन समिति बनेका थिए। ती समितिले पुतली बगैँचामै भवन बनाउन उपयुक्त हुने निष्कर्ष दिएका छन्। सबैको नजर पुतली बगैँचा  सरकारले सुरुमा तोकेको सिंहदरबारभित्रको जग्गामै संसद् भवन निर्माण हुने–नहुनेमा संसद् सचिवालय अझै विश्वस्त छैन। ०५५ मा सरकारले पुतली बगैँचामा संसद् भवन निर्माण गर्ने निर्णय गरेको थियो।   

तर, मन्त्रिपरिषद्ले ०६७ मा त्यो जग्गामा मुख्यसचिवको क्वार्टर बनाउने निर्णय गरेको थियो। यसबीचमा सोही ठाउँमा राष्ट्रिय योजना आयोगको भवन बनाउन अध्ययनसमेत भएको थियो। अहिले पनि कम बजेट विनियोजन भएकाले काम नथालेसम्म पुतली बगैँचामा संसद् भवन बन्नेमा विश्वास गर्न नसकिने सचिवालयका उच्च अधिकारीहरू बताउँछन्। नयाँ पत्रिकामा समाचार छ । 

]]>