देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनसुनमा गत वर्षभन्दा बढी वर्षा हुने

देशान्तर

काठमाडौं । यो वर्षको मनसुनमा गत वर्षभन्दा बढी वर्षा हुने विज्ञहरूले बताएका छन् । मनसुन अवधिमा पूर्वमा भन्दा पश्चिममा बढी वर्षा हुने पनि मौसमविद्हरूको प्रक्षेपण छ । ‘पूर्वी क्षेत्रमा भन्दा सुदूरपश्चिममा औसतभन्दा बढी मनसुनी वर्षा हुने अनुमान छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, ‘अरू ठाउँमा सरदरमा जति वर्षा हुने हो त्यही अनुपातमा हुने देखिन्छ ।’ पूर्वका केही पहाडी र तराईका जिल्लामा भने औसतभन्दा पनि कम वर्षा हुने मौसमविदको भनाइ छ ।

लामो समयदेखिको खडेरी हटदै गइरहेको र पूर्वतिर अझै त्यो हट्न समय लाग्ने भएकाले त्यसको असर पूर्वी क्षेत्रको मनसुनमा देखा पर्ने श्रेष्ठले बताए । महाशाखाका अर्का मौसमविद् बरुण पौडेलले आगामी मनसुन सुखद रहने बताए । ‘केही दिन ढिलो गरी सुरु हुने भए पनि अघिल्लो वर्षभन्दा बढी वर्षा हुने देखिन्छ,’  पौडेलले भने, ‘अहिलेसम्मको सिस्टम हेर्दा राम्रो वर्षा हुने देखिन्छ ।’ सामान्यतया नेपालमा जुन १० (जेठ अन्त्य) देखि मनसुन सुरु हुने भए पनि यो वर्ष पनि तीनरचार दिन ढिला हुने महाशाखाको अनुमान छ । गत वर्ष पनि तीन दिन ढिला गरी १३ जुनमा मनसुन भित्रिएको थियो ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मनसुन अवधिभर गत वर्ष धेरैजसो भागमा औसतभन्दा पनि कम वर्षा भएको थियो ।   गत वर्षको मनसुनमा नेपालसहित भारत र पाकिस्तानमा पनि कम वर्षा भएको थियो । यस पटक अप्रिल अन्त्यदेखि प्रि(मनसुन सक्रिय भएकाले मनसुन सुखद हुने संकेत देखिएको मौसमविदको विश्लेषण छ । मौसमविद् श्रेष्ठका अनुसार मनसुनमा जलवाष्पयुक्त वायु बंगालको खाडी हुँदै पूर्वबाट पश्चिमतिर आउनुपर्छ । अहिले मनसुनी वायु दक्षिणभारतबाट बिस्तारै पूर्वतिर सर्ने क्रममा छ । कान्तिपुरमा समाचार छ । 

]]>