देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बस्नेत दम्पतीद्वारा आर्थिक सहयोग

देशान्तर

मेलम्ची । क्यानडा निवासी केदार बस्नेत र श्रीमती प्रमिला बस्नेतले नेपाली जनसम्पर्क समिति क्यानडामार्फत उपलब्ध गराएको क्यानेडियन डलर एक हजारबराबरको ८० हजार रुपैयाँ नेपाली कांग्रेस ३ नं. क्षेत्रीय समिति सिन्धुपाल्चोकले गत मंगलबार एक कार्यक्रम गरी इचोक र पाल्चोक गाउँ समितिका भूकम्पपीडित तीन परिवारलाई उपलब्ध गराएको छ । 

क्षेत्रीय सभापति आइतराम (ज्ञानु) तामाङको सभापतित्वमा सम्पन्न उक्त आर्थिक सहायता हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार एवं समाजसेवीद्वय हरिहर विरही र कविर राणाले दाता केदार बस्नेत दम्पतीको इच्छामुताबिक इचोक गाउँ समितिका रोम तामाङ र परिवारलाई ४० हजार, इचोककै काशीराम तामाङलाई २४ हजार र पाल्चोक गाउँ समितिका लालबहादुर खड्कालाई १६ हजार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विरही, राणा र कार्यक्रम सम्पन्न गर्न सहजकर्ताको कार्य गर्ने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि वंशलाल तामाङले दाता बस्नेतलाई धन्यवाद दिँदै अन्य भूकम्पपीडितलाई समेत यस्तै दाताहरू खेजेर सहयोग गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा दुवै गाउँका नेपाली कांग्रेसका सभापति र क्षेत्रीय सभापतिले पनि भूकम्पको दर्दनाक विनाशको स्मरण गर्दै अन्य पीडितलाई पनि सहयोग जुटाउन आग्रह गरे । उनीहरूले दाता बस्नेत दम्पतीलाई धन्यवादज्ञापन समेत गरे ।

 

]]>