देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अझै सुरु भएन काठमाडौँ टावरको निर्माण

देशान्तर

काठमाडौँ। निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौँ टावरको निर्माण कार्य अन्योलमा परेको छ । 

टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु गर्न ढिला भएको निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटवालले जानकारी दिए ।  

उनका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्ने छ । 

हाल पुरानो बसपार्कमा जस्ताले बार्ने भइरहेको छ । भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आयसँगै निर्माण कार्यले गति लिने बताइएको छ । 

निर्माणलाई तीव्ररुपमा अघि बढाउनकै लागि भनी गत वैशाखको पहलो साता पुरानो बसपार्कमा आवतजावत गर्ने सबै यातायातका साधनलाई खुल्लामञ्चमा स्थानान्तरण गरिसकेको छ । 

भूकम्पपश्चात् भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तल्लाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ । 

कामपासँग गरेको सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम सुरु भएको पाँच वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ । 

टावरको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जातनकारी दिए । भवनको सबैभन्दा तल्लो तलामा बसको पार्किङ रहने छ । त्यस्तै, त्यसको माथि दुई तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, पौडी पोखरी, रेस्टुराँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । 

]]>