देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश कमिटी गठनमा पनि एमालेमा विवाद

देशान्तर

काठमाडौं । एमालेले प्रदेश संगठन कमिटी गठनको गृहकार्य गालेको छ । तर संयोजक र त्यसका रहेको सदस्यका विषयमा संस्थापन र नेता माधव लनेपाल पक्षबीच विवाद भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको स्थायी समिति बैठकमा प्रदेश  कमिटी छि६टै गठन गर्ने गरी संयोजक र सदस्यबारे छलफल भएको हो ।  

पदाधिकारी वा स्थायी समिति सदस्यमध्येबाट संयोजक बनाउनुपर्ने दुवैखाले विचार आएकाले सबै पक्षको सुझवका आधारमा टुंगोमा पुग्नेगरी गृहकार्य सुरु भएको एमालेले जनाएको छ । संयोजक तोक्ने विषयमा विवाद भएपछि बैठकले तीन दिनभित्र नामसहितको प्रस्ताव तयार गर्न  संगठन विभागलाई जिम्मा दिएको छ ।

यसअघि ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले संघीय ढाँचाअनुसार प्रदेश कमिटी बनाउने निर्णय गरेको थियो ।स्वरुपका विाष्मा गृहकार्य गर्ने जिम्मा भने स्थायी समितिलाई दिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

]]>