देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कलिलो उमेरमै गर्भपतन गराउने बढे

देशान्तर

काठमाडौं । रुपन्देही जिल्लामा गर्भपतन गराउने किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको छ । गर्भपतन गराउने अधिकांश कलिला उमेरका किशोरी तथा युवती रहेको पाइएको छ । गर्भपतन गराउने किशोरीहरु निर्धक्क मान्यता प्राप्त सुरक्षित गर्भपतनको मान्यता पाएका स्वास्थ केन्द्रमा पुग्ने गरेका छन् ।

जिल्लामा सुरक्षित गर्भपतन गराउने अनुमति पाएका स्वास्थ्य केन्द्रहरुको मात्र तथ्यांक अनुसार किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको हो । नेपाल परिवार नियोजन संघ रुपन्देहीकी वरिष्ठ नर्स विष्णु गुरुङले गर्भपतन गराउने अधिकांश १५ देखि २५ वर्षका किशारी तथा यसवतीहरु केन्द्रमा आउने गरेको बताइन् ।

गर्भपतनले कानुनी मान्यतापाएपछि सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या बढेको छ । तर, त्यसमा अधिकांश किशोरी तथा युवतीहरु देखिएका छन् । आजको गोरखापत्रमा समाचार छ ।

]]>