काठमाडौँ । नेपाली काँग्रेसले दुईजना प्रजातन्त्र सेनानीको निधनप्रति दुःख व्यक्त गरेको छ । चितवन निवासी प्रजातन्त्र सेनानीद्वय ८७ वर्षीय उमाभद्र खनाल र ८५ वर्षीय खेलानाथ पौडेलको निधनमा काँग्रेसले दुःख व्यक्त गरेको हो ।
खनाल नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम्का पनि सक्रिय योद्धा थिए । उनले २००६ साल पुस ६ गतेको हलो क्रान्ति र विसं २००७ को प्रजातन्त्र स्थापनाको आन्दोलनमा पनि सक्रिय भूमिका खेलेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ । खनालले पटक–पटक गरी तीन वर्ष जेल जीवनसमेत बिताएका थिए । उनका दुई छोरा र एक छोरी छन् ।
अर्का दिवङ्गत प्रजातन्त्र सेनानी पौडेल २००७ सालको क्रान्तिमा सहभागी भएका काँग्रेसले जनाएको छ । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् । खनालको जेठ १६ गते र पौडेलको जेठ १७ गते निधन भएको मुख्यसचिव पौडेलले बताए ।
]]>
प्रतिक्रिया