देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शैक्षिक सत्र सुरु भएको दुई महिनामा पनि विद्यार्थीले पुस्तक पाएनन्

देशान्तर

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि सबै ठाउँमा पुस्तक पुग्न सकेका छैनन् । केन्द्रले चालू शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ र वितरण गर्न तोकिएको समय ६ पटक कटाएको छ ।

शिक्षा विभागले तोकेको पाँच र आफैले तोकेको एक गरी ६ पटक तोकिएको समयमा जनक शिक्षाले पाठ्यपुस्तक छपाइ र वितरण गर्न नसकेको हो । पुस्तक अझै छपाइ भइरहेका छन् । केन्द्रले चैत मसान्तभित्र विद्यालय तहको पाठ्यपुस्तक छपाइ गरिसक्नु पर्ने थियो ।

चालू शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्मका लागि एक करोड ७७ लाख थान पुस्तक आवश्यक पर्ने संशोधित छपाइ  कार्ययोजना केन्द्ले शिक्षा मन्त्रालयमा पेस गरेको थिए । तर, २० जेठसम्मका एक करोड १९ लाख मात्र छपाइ सकिएको कर्मचारहिरुले बताएका छन् । यसअघि चैत मसान्तभित्रै पाठ्यपुस्तक विद्यालयहरुमा पुर्‍याउने दावी जनक शिक्षाको थियो ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>