देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खाद्य उत्पादनको भण्डार बाँकेमा खाद्यन्न अभाव

देशान्तर

बाँके । यस वर्ष जिल्लामा खाद्यान्न अपुग हुने भएको छ । 

गत वर्षको तुलनामा १० हजार मेट्रिक टन उत्पादन घटेको तथा खपत बढेका कारण जिल्लामा चार हजार ४५१ मेट्रिक टन खाद्यान्न अपुग हुने भएको हो । जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत जीवनकुमार केसीले खडेरीका कारण खाद्यान्न उत्पादनमा कमी आएको बताए ।  गत वर्ष जिल्लामा सात हजार २९३ मेट्रिक टन खाद्यान्न बचत भएको थियो । 

जिल्लाको पाँच लाख २७ हजार जनसङ्ख्यालाई वार्षिक ९७ हजार ८५३ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । तर जिल्लामा उत्पादन ९३ हजार ४०२ मेट्रिक टन मात्र रहेको छ । यस वर्ष धान, गहुँ र मकैको उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

]]>