देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकसेवा आयोग ६६ वर्षमा प्रवेश

देशान्तर

काठमाडौं । सम्पुर्ण निजामति  प्रशासनको अवस्था अध्यावधिक गर्ने संवैधानिक आयोकका रुपमा रहरेको लोकसेवा आयोग ६६ वर्षमा प्रवेश गरेको छ । नयाँ संविधानको व्यवस्था अनुसार आयोगको निजामती, शिक्षा सेवामा मात्र नभइप्रहरीमा समेत कार्यक्षेत्र विस्तार भएको छ ।

नयाँ संविधान अनुसार आयोगले आफ्नो विस्तारित कार्यक्षेत्रमा काम गर्न थालेको छ । वार्षिक उत्सवको अवसरमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगको कार्यलय सिंहदरबारमा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् ।

सरकारी कार्यालयहरुमा योग्य कर्मचारी छनोट गर्ने उद्देश्यका साथ नेपाल सरकार वैधानिक कानुन, २००४मा  दरखास्त परिषद्को नाममा लोकसेवा आयोगको अवधारणा र संरचनाको सुरुवात भएको थियो । विसं २००८ साल असार १ गते अन्तरिम शासन विधान, २००७ को व्यवस्थाअनुसार लोकसेवा आयोगको स्थापना भएको हो । 

]]>