देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाडि दुर्घटना हुँदा १७ जना घाइते

देशान्तर

लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाका दुई स्थानमा गएराति भएका सवारी दुर्घटनामा १७ जना घाइते भएका छन् । 

सिरहाबाट राजविराज आउँदै गरेको बा २ ख ८७३१ नम्बरको बस सिरहाको धनगढीमाई नगरपालिकामा ब्रेकफेल भई दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

घाइते सबैको स्थानीय भुमिजा अस्पतालमा उपचार भइरहेको छ भने चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी गोलबजार नगरपालिका–८ मा ग ४ प ५४७५ र स ५ प ६७०४ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । 

घाइते हुनेमा मिर्चैया नगरपालिका–११ का २७ वर्षीय मिथिलेस यादव, गोलबजार–६ निवासी २९ वर्षीय दिनेश साह र ६२ वर्र्षीय रामचन्द्र साह रहेको प्रहरीले जनाएको छ । 

घाइते तीनैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

]]>