देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब राजधानीमा मोबाइल प्रहरी बिट

देशान्तर

काठमाडौं । उपत्यकामा प्रहरी जनशक्तिको अभाव खड्किएपछि महानगरीय प्रहरीले ‘मोबाइल प्रहरी बिट’ को अवधारणा ल्याएको छ । प्रहरीलाई स्थायी र अस्थायी बिटको माग गरेका स्थानमा जनशक्ति अभावले स्थापना गर्न नसकिरहेको बेला मोबाइल बिटको अवधारणा ल्याइएको हो । महानगरीय प्रहरी कार्यालयका अनुसार मोबाइल बिटको सुरु जनसेवा वृत्तमार्फत वसन्तपुर र झोछेंबाट हुने भएको छ । प्रत्येक मोबाइल बिटमा चारजना प्रहरी रहनेछन् । सात दिनमा उक्त बिट सारिने जानकारी महानगरीय प्रहरीले दिएको छ ।

उक्त बिटमा प्रहरी सहायक निरीक्षक असईको नेतृत्वमा प्रहरी खटिनेछन् । बिटमा मोटरगाडीको चक्का राखिने र आवश्यकताअनुसार स्थान परिवर्तन गर्न सजिलो हुने गरी निर्माण गरिएको छ।बिटभित्रै प्रहरीले रात बिताउन सक्ने छन् । ‘आपराधिक गतिविधि बढी हुने स्थानको पहिचान गरेर मोबाइल बिट राखिन्छ।सुरुमा परीक्षणका लागि यो अवधारणा लागू गर्न लागिएको हो । एक महिनाभित्रै राखिसक्छौं’ महानगरीय प्रहरीका प्रमुख एआईजी प्रतापसिंह थापाले भने । राजधानीमा प्रहरी प्रभाग र बिटको माग अधिक छ । उपत्यकामा करिब ११ हजार प्रहरी दरबन्दी रहे पनि हाल साढे ८ हजारमात्र कार्यरत छन् । महानगरीय प्रहरीका अनुसार सबैभन्दा बढी ललितपुरमा प्रहरी प्रभाग र बिटको माग छ । स्थानीयले जग्गा वा घर नै उपलब्ध गराउने भन्दा पनि जनशक्ति पठाउन सकेको छैन ।

अहिले क्विक रेस्पोन्स टिम सीआरभी र क्विक रेस्पोन्स टिम क्यूआरटी आकस्मिक रूपमा आपराधिक क्रियाकलाप भए परिचालित हुने गरेका छन्। ‘मोबाइल बिटलाई राजधानीका मुख्य सहरमा स्थापना गर्न सकियो भने आपराधिक गतिविधि केही हदसम्म नियन्त्रण गर्न सहयोग पुग्छ’, एआईजी थापाले भने। आजको अन्नपूर्णमा समाचार छ । 

]]>