देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसएलसीको रिजल्ट आज सार्वजनिक हुने

देशान्तर

काठमाडौं । प्रवेशीका परीक्षा अर्थात एसएलसीको नतिजा आज सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी पुरा भइसकेको जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा बिहीबार दिउँसो २ बजेसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको बताए । नतिजा विगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन । विद्यार्थीको सिकाई कुन समूहमा छ भनेर बर्गिकरण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गर्दैछ ।

२०७२ चैत १८ गतेदेखि २९ गतेसम्म एसएलसी परीक्षा चलेको थियो । देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी एसएलसीमा सहभागी भएका थिए ।

]]>