देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय सुनुवाइ समितिले काम थाल्यो

देशान्तर

काठमाडौं । व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ ।

समितिको आजको बैठकले प्रस्तावित न्यायाधीश एवम् विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

समितिका सभापति कुलबहादुर गुरुङले प्रस्तावित न्यायाधीश एवम् राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको जानकारी दिए । सभापति गुरुङले प्रस्तावित न्यायाधीश एवम् राजदूतका सम्बन्धमा सार्वजनिक सूचनामार्फत उजुरी दिन आह्वान गर्ने निर्णय आजको बैठकले भएको बताए ।

व्यवस्थापिका–संसद्को नियमावली पारित हुन लामो समय लागेका कारण संसदीय सुनुवाइको प्रक्रिया स्थगित हुँदै आएको थियो । मङ्गलबार सुनुवाइ समितिको सभापतिमा गुरुङ निर्वाचित भएपछि सबै प्रक्रिया अगाडि बढाउन प्रमुख दल सहमत भएका हुन् ।

सुनुवाई समितिको सदस्य सङ्ख्याका विषयमा दलहरुबीच लामो समयसम्म मत भिन्नता रहँदा अल्झदै आएको थियो ।

यस्तै समितिको आजको बैठकमा समितिको कार्यदलले तयार पारेको कार्यविधिसमेत पारित भएको सभापति गुरुङले जानकारी दिए । समितिले प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्चका ११ न्यायाधीश एवम् २१ मुलुकका राजदूतको सुनुवाइ गर्ने जनाएको छ ।

संवैधानिक प्रावधानअनुसार नियुक्त अगाडि न्यायाधीश एवम् राजदूतको सुनुवाइ गर्नुपर्ने हुन्छ ।

]]>