देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको पार्टीभित्रै तिव्र असन्तुष्टि

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी ओली अध्यक्ष भएको नेकपा एमालेभित्र तिव्र असंतुष्टी देखिएको छ । एमालेमा बरिष्ठ  नेता माधव  नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम समुहका नेताहरुले मोर्चाबन्दी सुरु गरेका छन् । ओलीलाई केन्द्रीय कमिटीका निर्णय कार्यान्वयन नगरेको, गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले विभाग गठन, प्रादेशिक संगठन कमिटी बनाउने र सरकार–पार्टीबीच समन्वयका लागि छुट्टै संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

एक साताभित्र विभाग गठन गरी तल्लो तहसम्म सर्कुलर पठाउने निर्णय भए पनि डेढ महिना बित्न लाग्दा अहिलेसम्म ३१ मध्ये २२ वटा विभाग मात्रै गठन भएका छन् । स्थायी समितिले प्रदेश कमिटी बनाउने निर्णय गरे पनि कस्तो कमिटी बनाउनेबारे औपचारिक छलफलसमेत भएन ।

‘केन्द्रीय कमिटीले निर्णय गरेको एक महिना १० दिन बित्यो, तर किन कार्यान्वयन भएन् रु, किन संयन्त्र बनेन रु तीन दिनभित्र जारी गर्न सकिने सर्कुलर किन कार्यकर्ताबीच पुगेन रु, त्यो त हाम्रो हातमा छैन,’ मदन भण्डारी अध्ययन केन्द्रले गरेको राष्ट्रिय भेलामा सचिव योगेश भट्टराईले भने । संस्थागत निर्णय र परामर्श हुँदैन भेलामा नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनाल दुवैले पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक औपचारिकतामै सीमित हुने गरेको आरोप लगाएका छन् ।

‘आवश्यक परामर्श त परै जाओस्, स्थायी समितिमा कसैले विरोधमा बोल्ने धृष्टता गरिहाल्यो भने कर्के नजरले हेरिन्छ,’ नेपालले असन्तुष्टि पोख्दै भने, ‘गुट चलाउनेको हातमा पार्टी गएको छ, पार्टी चलाउनेहरूचाहिँ चाउरिएर बस्नुपरेको स्थिति छ ।’ दशौँ महाधिवेशनलाई लक्षित गरेर सदस्यतामा धाँधली नेता नेपालले दशौँ महाधिवेशनलाई लक्षित गरेर संस्थापनले संगठित सदस्यता वितरण र सरुवामा मनपरी गरेको आरोप लगाएका छन् ।  आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>