देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अपहरित केडियाको अवस्था अझै अज्ञात

देशान्तर

वीरगन्ज । उद्योगपति सुरेश केडियाको अपहरण भएको दुई दिन बितिसक्दा पनि प्रहरीले उनको अपहरणबारे कुनै सुराक भेट्टाउन सकेको छैन । बिहीबार साँझ ६:३० बजे समयमा सुरेश केडिया सवार बा १० च ७२४० नम्बको वाहन रोकी अज्ञात हतियारधारीले वाहन चालक पर्साको विन्ध्यवासिनी निवासी श्यामउनेश साहलाई गोली प्रहार गरी उद्योगपति केडियोको अपहरण गरेको घटनाले वीरगन्जका उद्योगी व्यापारीहरूमा ठूलो त्रासको वातावरण उत्पन्न भएको छ ।

गोली चलाइएको स्थानबाट भारतीय सीमा १४ किलोमिटरको दूरीमा छ । भारत प्रवेश गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुईवटा चौकी पार गर्नुपर्ने हुन्छ । तेलकुवा र कबही गोठमा सशस्त्र प्रहरीको बोर्डर आउट रिच पोस्ट र प्रहरीको चौकी छ । पारिबाट आफ्नो खेतमा छर्न ल्याएको दुई बोरा खाद्य पनि किसानहरूलाई सुरक्षाकर्मीहरूले घुस नखाई ल्याउन दिँदैनन् । अझ नेपालबाट भारततर्फ जाने भारतीय नम्बरप्लेटको वाहनलाई  सुरक्षाकर्मीहरूले चेकजाँच नगरी जान दिने कुरै भएन । तर यसमा त्यहाँ खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले जानाजानी लापरबाही गरेका हुन् कि, डराएका हुन खोजीको विषय बनेको छ । हतियारसहित अपहरणकारीहरू सुरेश केडियालाई भारतीय गाडीमा राखेर सजिलै भारततर्फ लगे ।

प्रहरी प्रधान कार्यालयले अहिले यस घटनालाई अध्ययन गर्न एआईजी केदार साउद र एसएसपी मनोज न्यौपानेलाई बारामा पठाएको छ । केडिया अर्गनाइजेसनका अध्यक्ष हीरालाल केडियाका पुत्र र राजहंस खाद्य उद्योगका सञ्चालकसमेत रहेका सुरेश केडियाका परिवारजनसँग सोधपुछ र फोन धम्कीबारे जानकारी लिने काम प्रहरीले गरेको छ भने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा छानबिन टोली गठन गरिएको अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्काले जानकारी दिनुभयो ।

उनले अज्ञात हतियारधारीले उद्योगपति केडियालाई अपहरण गरी भारततर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि केडियाको उद्धारका लागि विहारका सुरक्षा अधिकारीहरूसँग समन्वय गरिएको बताउनु भयो । यता वीरगन्ज उद्योग वाणिज्य संघका कावा अध्यक्ष ओमप्रकाश शर्माले शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेमार्फत गृहमन्त्री शक्ति बस्नेतलाई एक ज्ञापनपत्र पठाई अपहरित उद्योगी सुरेश केडियालाई सकुशल रिहाइ गराउन आग्रह गर्दै अविलम्ब यसमा देखिने गरी कामकारबाही अगाडि नबढाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

]]>