देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाधिवेशको चर्चासंगै नेविसंघमा नीति र नेतृत्वको बहस सुरु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघमा महाधिवेशनको चर्चासंगै अबको नीति र नेतृत्वको बारेमा बहस सुरु भएको छ । नेपाल बिद्यार्थी संघको  पत्रकारीता समन्वय समितिले महाधिवेशमा कस्तो नीति र कस्तो नेतृत्वको भन्ने अभियान सुरु गरेको हो ।  राजधानीबाट कस्तो नीति कस्तो नेतृत्व विषयक बहस अभियान प्रारम्भ भएको पत्रकारीता समन्वय समितिका संयोजक दिवाकर अर्यालले जानकारी दिए । अर्यालका अनुसार अबको ने.वि.संघ दुरदृष्टि सहित विद्यार्थीको समस्यालाई समाजसँगै बग्ने गतिशिल जिवन पद्दती मान्ने ने.वि.संघ, विद्यार्थी संसाधनको व्यवस्थापन गर्ने ने.वि.संघ, प्रगतिशिल विचार, योजना र दृष्टिकोण भएको ने.वि.संघ, परिवर्तित र विश्व सन्र्दभ र विकसित सुचाना प्रविधिसँग घुलमिल हुन सक्ने बनाउनका लागि यो अभियान थालिएको हो । 

विधानतः दुई वर्षमा हुनुपर्ने नेपाल बिद्यार्थी संघको अधिवेशन विगत आठ वर्षदेखि हुन सकेको छैन । पार्टी र विद्यार्थी संगठनका नेताहरुबीचको आन्तरीक समस्याका कारण महाधिवेशन पटक–पटक तोकिदैँ र रोकिदैँ आईरहेको छ । पत्रकारीता समन्वय समितिले गरेको सो बहसमा सवै पक्षका बिद्यार्थी नेताहरुको सहभागिता रहेको संयोजक अर्यालले जानकारी दिए । विद्यार्थी नेताहरु एउटै मञ्चमा बसेर अब क्षमतावान र गतिशील नेतृत्व आवश्यक रहेको बताएका छन् ।  कार्यक्रमम बोल्दै ने.वि. सङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले नेवि सङ्घमा विद्यार्थीको पिर मर्कालाई बुझ्ने नेतृत्व आवश्यक रहेको बताए । उनले लामो समयदेखि नेवि सङ्घको महाधिवेशन नहुनु विद्यार्थीभित्रको गुटबन्दी भएको भन्दै आगामी असारको अन्तिम हप्ता महाधिवेशन गर्ने तयारी भएको जानकारी दिए । उनले भने– ‘जेठ २५ गते केन्द्रीय समितिको बैठक बोलाएको छु, त्यहाँ छलफल गरेर असार अन्तिम हप्ता महाधिवेशन गर्नेगरी छलफल हुन्छ अनि मिति तोक्छौँ ।’ अध्यक्ष कर्णले अवको महाधिवेशलाई प्रादेशिक संरचनामा लैजानुपर्ने भएकाले विद्यान संशोधन गरेर केन्द्रीय समितिको आकार बढाउनुका साथै समावेशी बनाएर लैजाने स्पष्ट पारे ।  

नेविसङ्घका पूर्वमहामन्त्री मनोजमणी आचार्यले नेवि सङ्घको साखलाई जोगाउने नेतृत्व अवको महाधिवेशनको आवश्यक रहेको बताए । उनले नेवि सङ्घको यो अधिवेशनलाई एकताको अधिवेशन बनाउनुपर्नेमा जोड दिँदै विश्वविद्यालयहरुलाई अत्याधुनिक र प्रविधियुक्त बनाई विश्व बजारमा प्रतिस्पर्धि नागरिक निर्माणमा मद्दत गर्ने ने.वि.संघ र मधेसको सम्बन्धलाई नेवि .संघले बलियो बनाउनुपर्नेमा जोड दिए । 

नेवि सङ्घका पूर्व उपाध्यक्ष नैनसिंह महरले अवको महाधिवेशनमा असल नीति र असल नेतृत्व आउनुपर्ने बताए । उनले विद्यार्थी नेता पार्टीमा आउने र आफुहरु पाखा लाग्ने डर भएकाले नेवि सङ्घको अधिवेशन नचाहेको बताए । कार्यक्रममा बोल्दै बिद्यार्थी नेतृ उर्मिला थपलियाले असल नीति, कुशल नेतृत्व हुनुपर्ने र संस्थाको बृहत वृद्धिविकासमा नेताले व्यतिmगत स्वार्थ हेर्न नहुने बताइन् । त्यस्तै पुर्व सहमहामन्त्री सरोज थापाले ने.वि.संघ सबैको साझा र परिस्कृत एवंम प्रगतिशिल बनाउनुपर्नेमा जोड दिए । नेवि सङ्घका अर्का नेता दिपक भट्टराईले समयमा महाधिवेशन गर्ने र विद्यार्थीको पिरमर्कालाई बुझ्ने खालको नेतृत्व आवश्यक रहेको बताए । नेविसङ्घका नेता प्रमोदहरि गुरागाँई, प्रतिमा गौतम, मनहरि श्रेष्ठ, आनन्द त्रिपाठी, लेखनाथ पोखरेल, हिमालदत्त श्रेष्ठ, कृष्ण कुमारी बस्नेत, मनोज वैद्य,डिल्लीराम सुवेदी, विपिन अधिकारी, रुपा पोखरेल, अन्जना अर्याल, पुष्कर वास्तोलाले नेवि सङ्घ दुईवर्षे कार्यकाल सकिएपछि स्वतः खारेज हुने गरि विद्यान शंशोधन हुनुपर्ने बताएका थिए । 

अधिकांश बिद्यार्थीहरुले पार्टीको हस्तक्षेपबाट मुक्त राख्नका लागि दुईवर्षीय कार्यकाल सकिएपछि स्वतः खारेज हुने गरी विधान संशोधन हुनुपर्ने बताएका थिए । मातृपार्टी कांग्रेसको हस्तक्षेपका कारण इतिहाँस देखिनै नेपाल बिद्यार्थीसंघको महाधिवेशनमा निर्वाचन भएर नेतृत्व चयन हुने भन्दापनि नेताहरु आर्शिवादले नेतृत्व हात पार्दै आएका छन् । 

 

]]>