देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय दलको नेतामा सभापति देउवा विजयी

देशान्तर

काठमाडौँ । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

देउवाले १३९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिए ।

काँग्रेसका २०७ सांसद्मध्ये २०६ जनाले मतदान गरेका थिए ।

केन्द्रीय सदस्य एवम् सांसद् नरहरि आचार्य बिरामी भएकाले मतदान गर्न आउन सकेनन् । घरमा लडेर घाइते भएका अर्का नेता डा रामशरण महतले भने इच्छाइएका स्वकीय सचिव रमेश महतमार्फत मतदान गरेको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

विद्युतीय मतदान यन्त्रबाट मतदान गरिएकाले छिट्टै परिणाम प्राप्त भएको हो ।

 

]]>