देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नुवाकोटमा राष्ट्रिय कविता महोत्सवको तयारी पुरा

देशान्तर

नुवाकोट । नुवाकोट जिल्लामा स्थापित भै राष्टव्यापी साहित्यमा विशेष योगदान गर्दै आएको नुवाकोट साहित्य प्रतिष्ठानले देशव्यापी कविता महोत्सव यही बैसाख ३ गते नुवाकोटको बटारमा आयोजना गर्नेभएको छ । विशिष्ट कवि तथा साहित्यकारको उपस्थिति रहने उक्त कविता वाचन समारोहमा प्रतियोगीका रुपमा देशभरिबाट २० जना उत्कृष्ट कविका कविता छनौट गरिएको आयोजक प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए । उनले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताए ।

कविता महोत्सवका लागि देशभरबाट १००० भन्दाबढि कविताहरु दर्ता भएको भएतापनि अन्तिम प्रतिस्पर्धाका लागि स्थापित कविहरु सम्मिलित एक निर्णायक मण्डलले विभिन्न जिल्लाका २० कविका कविता छनौट गरेको श्रेष्ठले जानकारी दिए । आयोजक नुवाकोट जिल्लाबाट मात्रै ८० भन्दाबढि कविता प्रतिस्पर्धाका लागि दर्ता भएतापनि एकजना कविमात्र अन्तिम प्रतिस्पर्धामा छनौट भएको उनले बताए । नुवाकोटबाट कवि शिवप्रसाद नेपालको कविता प्रतिस्पर्धामा छनौट भएको छ ।

त्यसैगरी अन्य जिल्लाहरुबाट पनि उत्कृष्ट कविहरु छानिएका छन । बैसाख ३ गते तेक्वाण्डो कभर्ड हलमा आयोजना हुने कविता महोत्सव प्रतियोगीतामा विशिष्ट कविहरु डा. खगेन्द्र लुइटेल,  डा. गार्गी शर्मा, सरुभक्त,  श्रवण मुकारुङ लगायतको एक निर्णायक मण्डलले विजयी कविहरु छनौट गर्ने उनले बताए । उक्त महोत्सव नेपालको कविता विधामा आयोजित सर्वौत्कृष्ट धनराशी पुरस्कारको रहने बताइएको छ ।

प्रज्ञा प्रतिष्ठानले वर्षैनी आयोजना गर्नै कविता प्रतियोगीता पुरस्कारमा प्रथम हुनेले रु २० हजार नगद पाउदै आएकोमा यस प्रतियोगीतमा सो भन्दा माथिको पुरस्कार राखिएको बताईएको छ। उत्कृष्ट तीन कविताले आकर्षक पुरस्कार पाउने आयोजकले बताए । सहभागी सबैले मायाको चिनो र प्रमाणपत्र पाउने छन । 

 

]]>