देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुपाल्चोकमा ५.४ रिक्टरको पराकम्प

देशान्तर

काठमाडौँ । आज दिउँसो १५ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाई ५.४ रिक्टर स्केलको पराकम्प गएको छ ।

गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि हालसम्म ४ रिक्टर स्केल माथिका ४३६ पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आजको पराकम्प पनि गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

उनले भूकम्प र त्यसका साना पराकम्प नेपालीले बिर्संदै गए पनि पछिल्ला दिनका ठूला पराकम्पले थप झस्काएको उल्लेख गरे ।

पछिल्ला दिनमा ठूला पराकम्प जाने क्रम बढेको छ । केही दिनअघि गोरखामा ५.५ रिक्टरको पराकम्प भएको थियो भने मङ्गलबार बिहान सङ्खुवासभा केन्द्रबिन्दु भई ४.५ रिक्टरको नयाँ भूकम्प गएको थियो ।

 

]]>